श्रावण २४, २०७३
बाल्यकालमा हेरिएका कार्टुनका विभिन्न क्यारेक्टरको प्रभाव युवा हुन्जेलसम्म पनि गएको हुँदैन ।
बाल्यकालमा आफ्नो हिरोका रूपमा रहेका यस्तै विभिन्न कार्टुन क्यारेक्टरमा आफैंलाई प्रस्तुत गर्ने कमिककन महोत्सव हालै म्यानचेस्टरमा सम्पन्न भयो । उक्त महोत्सवमा यसपटक विश्वभर लोकप्रियता पाएको पोकेमनको आउटफिटले सर्वाधिक चर्चा पायो । यो महोत्सवमा स्टार वार, ब्याटम्यानजस्ता विभिन्न क्यारेक्टरका आउटफिट पनि लोकप्रिय देखिए ।