साप्ताहिक संवाददाता
‘लन्डन ओलम्पिकमा प्राप्त स्वर्ण पदक बेच्ने उनी पहिलो खेलाडी हुन् (खेलकुद : ओलम्पिक स्वर्ण बिक्रीमा) । यद्यपि ओलम्पिक इतिहासमा आर्थिक अभावकै कारण आफूले जितेको पदक बेच्ने खेलाडीहरूको सूची लामै छ ।’ यो के भनेको ? कहिले पहिलो व्यक्ति रे, कहिले लामो लाइन छ रे ! हावादारी खबर छापे जस्तो लाग्यो ।
नन्द गुरुङ
(कुरा स्पष्ट छ गुरुङजी, माथिल्लो प्रसंग लन्डन ओलम्पिकसँग मात्र सम्बद्ध छ भने पछिल्लो वाक्य ओलम्पिककै इतिहाससँग सम्बद्ध छ ।)
खेलाडीहरूको नेपालमा मात्र होइन विदेशमा पनि बिजोग नै रहेछ (खेलकुद : ओलम्पिक स्वर्ण बिक्रीमा) । पीडा सबैतिर उस्तै रहेछ ।
हिमाल बुढाथोकी
बकमफुसे कुरा हो कि (अनुभव : सुटिङमा भूत) ? साँच्चै हो ?
तुलसीप्रसाद घिमिरे
यसको मूल्य पनि उल्लेख गरिदिए हुन्थ्यो (साइन्स एन्ड टेक्नो : वर्षातमा स्मार्टफोन) । मूल्य सुपथ छ कि छैन जानकारी पाउनुपर्यो नि ।
टंक भट्टराई
निखिल नै अगाडि होलान् (गसिप : को अगाडि) । व्यापक सम्पर्कले गर्दा उनलाई काम गर्न पनि सजिलो छ ।
मनोजकुमार मालिक
गलत नाम छापियो (मनोरञ्जन समाचार : अहिलेसम्म सार्वजनिक तीज गीत) । गायकको नाम वैकुण्ठ शर्मा होइन, वैकुण्ठ महत हो ।
गौतम रचना
गल्ति औंल्याईदिनु भएकोमा धन्यबाद ।
-प्रधानसम्पादक
फरक प्रकारका गीत गाउनुपर्छ भने पनि तपाईंका सबै गीत एकै खालका हुन्छन् त (चर्चामा : हरेक प्रकारका गीत गाउनुपर्छ) ।
हरिहर जोशी
समग्रमा गत अंकको साप्ताहिक राम्रो लाग्यो ।
अञ्जली
जापानमा ९० प्रतिशतले आइफोन प्रयोग गर्छन् (साइन्स एन्ड टेक्नो : के तपाईंको मोबाइल वाटरप्रुफ हो ?), तर समाचारमा ९० प्रतिशतले सोनी मोबाइल प्रयोग गर्छन् भन्ने उल्लेख गरिएको छ ।
माधव बस्नेत
आफ्नो स्वास्थ्य जोखिम पारि–पारि व्रत बस्नु राम्रो होईन (टिप्स : व्रतमा आहार कस्तो हुनुपर्छ) । स्वास्थ्य छ त हामी छौं, अन्यथा यो शरिरको अस्तित्व छैन ।
हरिप्रसाद देवकोटा
सारा सम्पत्ति र घरपरिवार त्यागी राष्ट्रियता र धर्मप्रति समर्पित योगी व्यग्र वेदनाथको कार्य स्तुत्य छ । स्वामीजीलाई सफलताको हार्दिक शुभकामना ।
मुक्ति राई
योगी व्यग्र वेदनाथले साहसिक कदम त चालेका छन् तर उनको त्यागको परिणाम कस्तो आउने हो भविष्यको गर्भमा छ । उनी अहिले प्रारम्भिक चरणमा मात्र छन् ।
देवकोटा सार्थक