साप्ताहिक संवाददाता
श्रावण २४, २०७३
१६ वर्षकै उमेरमा गायिकाका रूपमा उदाएकी छिन् श्रीषा कुँवर । गायक तथा संगीतकार बुवा तुला पर्वतकी छोरी श्रीषा गायनमा मात्र अब्बल छैनन्, अभिनय तथा नृत्यमा पनि उत्तिकै सिपालु छिन् ।
सानै उमेरदेखि लोक गीत, भजन तथा बालगीत गाउँदै आएकी श्रीषा यतिबेला आफ्नो नयाँ गीतका कारण चर्चामा छिन् । ‘हल्का हल्का...’ शीर्षकको उक्त गीतमा श्रीषा आफैंले अभिनेता पल शाहसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । निर्देशक प्रसन्न पौडेल समेत उनको अभिनय, नृत्य तथा गायन कलाबाट प्रभावित छन् ।
प्रसन्न भन्छन्— ‘एउटै कलाकारमा यति धेरै प्रतिभा बिरलै पाइन्छ ।’ हस्की शैलीको गायनका कारण कम समयमै लोकप्रिय भैरहेकी श्रीषाले आस्था बी, आस्था राउत तथा इन्दिरा जोशीलाई आफ्नो आइडल मानेकी छिन् ।
श्रीषाको ‘हल्का हल्का...’ गीतको म्युजिक भिडियो
1