साप्ताहिक संवाददाता
यो सबै भ्रष्ट नेता र अस्थिर सरकारको उपज हो ।
राजु गिरी
सबै कुराको निर्धारण राजनितिले गर्छ, तर हामी त्यसलाई कति बेवास्ता गर्छौं भने निर्णायक चरणमा राम्रालाई होइन, हाम्रालाई जिताउँछौं अनि उनीहरूले निर्माण गरेको नीति, नियम, योजना र कार्यक्रम जनताका लागि होइन, तिनै हाम्राहरूका हुन्छन् । त्यो हाम्राभित्र पर्नेको जीवन त राम्रै छ नि ।
विजय राई
बाढीपहिरोबाट हजारौंको धनजनको क्षति भैरहेका बेला नेताहरू कुर्सी र भत्ता पचाउन तँछाडमछाड गर्दैछन् । बिचल्लीमा परेका जनताले दु:ख पाउने नै भए नि ।
तेजमणि कार्की
अस्थिर राजनीति, कठिन भौगोलिक अवस्था, गफ धेरै र काम कम गर्ने हाम्रो बानी ।
राजु गैरे
विश्वकै सर्वाधिक कायर सरकार, राष्ट्रघाती र गुन्डागर्दीमा संलग्न व्यक्तिहरूलाई राजनैतिक संरक्षण, नेताहरूको लक्ष्य नेपाललाई मन्त्री उत्पादन गर्ने कारखाना बनाउने हुनु, हत्यारालाई मृत्युदण्डको व्यवस्था नहुनु, फितलो ऐन–कानुन, रोजगारीको वातावरण सिर्जना गर्न नसक्नु, पढेलेखेका युवाहरू विदेश पलायन हुनु ।
दिनेश बन्जारा
किन–किन तपाईंको उत्तर दिन त कठिन पो भो मलाई । अरू के कुरा गर्नु ? भनिसाध्य छैन ।
रवीन्द्र मल्ल ठकुरी
राजनीति एवं क्षणिक स्वार्थ ।
दीपक पोखरेल
अरूको मुख ताक्ने बानीले गर्दा ।
गणेश भुसाल
अस्थिर राजनीति ।
राजीव राई
राजनीति, कामभन्दा गफ बढी एवं नकारात्मक सोच ।
सुशील वन
पदको दुरुपयोग, आर्थिक क्रान्तिको अभाव, राजनीतिको फोहोरी चलखेल ।
गमु गौचन
बढी महत्वाकांक्षी हुनु, हामीले वर्तमानलाई भन्दा भविष्यलाई बढी ध्यान दिनु ।
विष्णु ढुंगाना
नेता कुर्सीको खेलमा, जनता बाढी र भेलमा भएकाले ।
सूचना
अस्थिर राजनीति, उद्योगधन्दाको वातावरण बन्न नसक्नु, युवाहरूलाई कृषिमा आकर्षित गर्न नसक्नु, नीति तथा कार्यक्रम दिगो नहुनु अनि परनिर्भरता ।
बस्नेत खेमराज
परनिर्भर हुने बानी परेर, आफ्नै गाउँ–ठाउँमा काम गर्न लाज लागेर, देखासिकी बढेर, नेताहरूमा देश प्रेमभन्दा सत्तामोह बढी भएर ।
समीर
सरकार र दलहरूप्रति बढी आशावादी हुनु तथा आफ्नो काम छाडी उनीहरूकै पछि लाग्नु ।
प्रकाश निरौला
राजनैतिक इमान्दारिता नभएर ।
वर्षा
पेटभित्र धेरै तर बाहिर निस्कने मुख साँघुरो भएर पो हो कि ? स्रोत र आम्दानी छैन तर मान्छे बढेका बढ्यै छन् अनि कसरी सहज हुन्छ त जनताको जीवन ?
छन्त्याल
नेताहरूमा दूरदर्शी भावना भएन । गैरजिम्मेवार भए । देशको मियो बलियो भए पो देश बलियो हुन्छ र जनताले पनि आफ्नो जिम्मेवारी अनि दायित्व बुझ्ने थिए ।
डियर कल्पित