साप्ताहिक संवाददाता
तपाईंको ग्याङमा अहिले को–को छन् ?
नायिका प्रियंका कार्की, नायिका नम्रता श्रेष्ठ, स्टाइलिस् सायल श्रेष्ठ तथा निर्देशक निलु डोल्मा शेर्पा ।
किन छन् उनीहरू तपाईंसँग नजिक ?
प्रियंका निकै केयरिङ गर्छे, आमा जस्तो । नम्रता बोलाएपछि कुरेर बस्न सक्छिन्, जतिबेरसम्म पनि । सायलले हँसाएर कायल पार्छ । निलु निकै सपोर्टिभ छिन् ।
उनीहरूको कुनै बानी त मन पर्दैन होला नि ?
छ, प्रियंका समयमै फोन उठाउँदिन । नम्रता बसिरहेको ठाउँबाट कतिबेला बाहिरिन्छे थाहै हुन्न । सायल स–सानो कुरामा पनि चित्त दुखाउँछ । निलुको चाहिँ टेन्सन लिइरहने स्वभाव छ ।
पुरानो ग्याङ कस्ता थिए ?
नायक विमलेश अधिकारी, नायिका रीमा विश्वकर्मा तथा नायिका बेनिशा हमाल । हामी हरदम साथै हुन्थ्यौं । रियल्ली मिस दोज डेज ।
अहिले छैनन् ?
बेनिशासँग भेटघाट हुन्छ । विमलेश अमेरिकामा छ, रीमा पनि यताभन्दा युरोपमै बढी हुन्छिन् ।
ग्याङमा हुनै पर्ने तर छुटेको कोही छ ?
फेसन डिजाइनर निलिमा शर्मा । उनी पनि अहिले बिदेसिएकी छिन् ।
ग्याङमा नभए पनि एकदमै मिल्ने ?
मेरी बहिनी मालिका । उसँग म आफ्ना गोप्यकुराहरू पनि सेयर गर्छु ।
ग्याङमा सामेल सबैभन्दा नजिकको पुरुष ?
सायल नै हो ।