बेलायतको स्वास्थ विमाको फाइदा उठाउँदै लिंग परिवर्तन गर्ने ट्रान्सजेन्डर (शारीरिक अंगको तुलनामा फरक व्यवहार गर्ने) को संख्यामा वृद्धि हुन थालेको छ ।
चिकित्सा विज्ञानले महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई लामो समयसम्म सुरक्षित गर्न मिल्ने प्रविधिको विकास गरेपछि लिंग परिवर्तन गरेर आमा र बाबु बन्न चाहनेहरूले स्वास्थ्य विमाको फाइदा उठाउन थालेका छन् । चिकित्सकहरू पनि कुनै पनि मानिसलाई क्यान्सरको केमो दिनुभन्दा अघि उनीहरूको अण्ड र शुक्रकीटलाई सुरक्षित गर्न सल्लाह दिन्छन् । केमोको प्रभावका कारण सन्तान उत्पादन नहुने हुनाले उनीहरूले लामो समयसम्म अण्ड र शुक्रकीटलाई सुरक्षित राखेका हुन् ।
अण्डलाई आफ्नो इच्छाअनुसार सुरक्षित राख्न ३ लाख ५३ हजार रुपैयाँ तिरे पुग्छ भने वार्षिक २१ हजार रुपैयाँ तिरे १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । यसबाहेक महिलावाट पुरुष बन्न चाहनेहरूले ४२ लाख ४१ हजार रुपैयाँ तथा पुरुषबाट महिला बन्न चाहनेहरूले १९ लाख ६२ हजार रुपैयाँ तिर्नुपर्छ । लिंग परिवर्तनको रकम स्वास्थ बिमाअन्तर्गत पर्ने भएपछि गत वर्ष नै ५० जनाले महिलावाट पुरुष बन्न तथा १ सय जनाले महिलावाट पुरुष बन्न निवेदन दिएका छन् ।