श्रावण २६, २०७३
अहिले झरीको मौसम छ । झरीका लागि नेपाली बजारमा मौसमअनुकूलका पहिरन मात्र नभै साउने फेसनसमेतलाई दृष्टिगत गरी विभिन्न किसिमका फेसनेबल पहिरन उपलब्ध छन् । यसैकारण नेपाली महिलाहरूलाई यतिबेला हरियो, रातो र पहंलो रंगमा आधारित फेसनमा सजिएको देख्न पाइन्छ । यतिबेला बुटिकहरूमा साउन र झरी दुवैका लागि अनुकूल हुने पहिरनको माग ह्वात्तै बढेको छ ।
प्राकृतिक रूपमा पनि वातावरण हरियो र सुन्दर देखिने यो समयमा महिलाहरूको पहिरन पनि उस्तै रंगीचंगी तथा आकर्षक देखिन्छ । शरीर सुहाउँदो र अरूभन्दा भिन्न देखिने विभिन्न डिजाइनका पहिरन तयार गर्ने क्षमता बुटिकहरूमा भएकाले पनि होला, यतिबेला बुटिकका पहिरनको माग बढ्दो छ । विवाहित हुन् वा अविवाहित, प्राय: सबैको नजर बुटिकतर्फ तानिएको छ ।