साप्ताहिक संवाददाता
श्रावण २७, २०७३
गायिका सीता रानाले यसपालीको नयाँ तीज कोसेली 'सय कडा तीन' बजारमा ल्याएकी छिन् । तिर्सना म्युजिक प्रालिको प्रस्तुति रहेको यस गीतमा सीतालाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । यसमा शब्द बाबुराम बोहोरा र लय गायक स्वयं अधिकारीको रहेको छ । यसको गीतको म्युजिक भिडियोमा बल्छी धुब्रे र रश्मि तामाङले अभिनय गरेका छन् । गत वर्ष सीताले बजारमा ल्याएको 'सरी ल' गीतले चर्चा पाएको थियो ।
सय कडा तीन गीतको म्युजिक भिडियो