श्रावण २७, २०७३
अस्ट्ेरलिया ओलम्पिकका लागि ब्राजिल पुग्ने पहिलो देश हो, तर उसका लागि रियो–२०१६ को पहिलो अनुभव नै तीतो सावित भयो । अस्ट्ेरलियाली टिम रियोको ओलम्पिक भिलेजमा के पुगेको थियो, केही क्षणमै उनीहरूले थाहा पाए कि उनीहरूको ल्यापटप तथा टिमको जर्सी चोरी भैसकेको छ । तनावमा रहेको अस्ट्ेरलियाली टिम त्यसपछि अर्को समस्यामा पनि फस्यो ।
उनीहरू बसेकै भवनमा आगो लाग्यो र उक्त क्षेत्रलाई केही समयका लागि खाली गर्नुपर्यो । अस्ट्ेरलियाली टिमकी केट्टी चिलरले पछि ब्राजिलीयन मिडियालाई भनिन, ‘अहिले रियो ओलम्पिकमा सुरक्षा स्थिति निकै राम्रो भएको छ, तर पनि टिम आफै सजग हुनु सबैभन्दा राम्रो उपाय हो ।’