श्रावण २७, २०७३
आजैदेखि खेलकुदको महाकुम्भ ओलम्पिक प्रारम्भ हुँदैछ । यही प्रतियोगिताको छेको पारेर अस्ट्रेलियाका ३२ हजार अविवाहितमा कुन खेल हेर्दा आफ्नो कामोत्तेजना बढेको महसुस हुन्छ भनेर अनलाइन सर्वेक्षण गरिएको थियो । एलाईट सिंगल साइटको उक्त सर्वेक्षणमा १३ प्रतिशतले पौडी खेललाई चुने भने १० प्रतिशतले टेनिस तथा ८ प्रतिशतले बीच भलिबललाई कामोत्तेजक बताए ।
सर्वेक्षणमा सहभागी भएकाहरूले गल्फलाई कामोत्तेजक खेलको सूचीको चौथो स्थानमा राखे भने रग्वी र बक्सिङ क्रमश: पाँचौ र छैठौं रहे । सर्वेक्षणका क्रममा आफू पनि नियमित रुपमा कुनै पनि खेलकुद वा शारीरिक ब्यायाममा लागेकाहरूमध्ये ८० प्रतिशतले आफुलाई यौनचाहना अत्याधिक हुने गरेको बताए । सर्वेक्षणमा सहभागी भएकाहरूमध्ये ८७ प्रतिशतले टेलिभिजनमा खेलकुद कार्यक्रम हेर्दा आफूमा आत्मविश्वास बढ्ने जानकारी दिए ।