साप्ताहिक संवाददाता
अमेरिकाको न्युयोर्कका फेसन डिजाइनर तथा चर्चित काउचर फेसन विकका आयोजक एन्ड्रस एक्विनोका कलेक्सनहरू ‘रोमाञ्चिङ द हिमालयाज’ लाई भोलि शनिबार विश्वभर नाम कमाएका मोडलहरूका साथै नेपाली सेलिब्रेटी तथा मोडलहरूले होटल हायातमा प्रस्तुत गर्दैछन् ।
यो शोमा मिस होन्डुरस युनिभर्स बेल्जिका सोरेज, मिस पाराग्वे अर्थ सेन्डी कासेरस, फिनल्यान्डकी मोडल ने मेक्लिन, न्युयोर्ककी रनवे मोडल तथा स्टाइलिस केल्सी मेक्एनाका साथ २०१२ की मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसँगै अञ्जली लामा, २०११ की मिस नेपाल मलिना जोशी, नेपालका अन्तर्राष्ट्रिय मोडलद्वय आस्था पोखरेल र दीपक घिमिरे, नायक गौरव पहारी एवं मोडल पूजा श्रेष्ठले र्याम्प प्रस्तुति दिनेछन् ।
रचना गुरुङले कोरियोग्राफी गर्ने उक्त शोको आयोजना तथा व्यवस्थापन एभरेस्ट इभेन्ट्स एन्ड एक्जिविसन्सले गर्न लागेको हो ।