साप्ताहिक संवाददाता
श्रावण २९, २०७३
वर्षामा भुइँ छुने लामा पहिरन छिटै भिज्ने सम्भावना हुन्छ । त्यसैले छोटा पहिरन यो मौसमका लागि अनुकूल मानिन्छन् ।
डेनिम सर्ट, लुज टिसर्ट यो सिजनका लागि उपयोगी र फेसनेवल दुवै हुन सक्छन् ।
यो सिजनमा फुल लेन्थभन्दा निलेन्थ उपयुक्त हुन्छ ।
मनसुनमा लाइट तथा आरामदायक फेब्रिक प्रयोग गर्नुपर्छ । यस्ता फेब्रिक चाँडै सुक्ने र भिज्दा भारी नहुने किसिमका हुन्छन् ।
पहिरन छनोट गर्दा रंगमा पनि ध्यान पुर्याउनुपर्छ । यो मौसममा हल्का न्युड टच दिने रंगका पहिरन उपयुक्त मानिन्छन् ।