साप्ताहिक संवाददाता
खै के आशा गर्नु ? नौ महिनापछि अर्को छाउरा ब्याइहाल्छ अनि फेरि यही प्रश्न त होला नि ।
विजयबम्जन लामा
भूकम्प एवं बाढीपिडितलाई राहत उपलब्ध गराएर तथा संविधान कार्यान्वयन गरेर । स्थानीय निर्वाचन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चयन गर्दै देशमा स्थायी अमन चयन कायम गराउने ।
गोपी बस्नेत
नौमहिने दामासाहिको सरकारबाट प्रधानमन्त्री–मन्त्रीका छोराछोरी एवं उनीहरूकै इस्टमित्रहरूलाई आशा होला, हामीलाई त केही आशा छैन ।
ध्रुव अधिकारी
शान्ति प्रक्रियालाई टुंगो लगाउने र संविधान कार्यान्वयन गर्ने । भूकम्प तथा बाढीपीडितहरूलाई राहत दिने ।
सेमन्त खनाल
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा छिटो–छरितो एवं पारदर्शी ढङ्गले गरून् ।
एकादेशको राजकुमार
हामीले राख्या आशाले के प्राथमिकता पाउँथ्यो र हजुर † लैनचौरबाट राखिएका आशा नै नम्बर एक हुन्छ नि ।
सन्तोष न्यौपाने
दु:ख पाएका सम्पूर्ण नेपालीले सम्मानका साथ काम पाऊन् ।
प्रकाश हमाल
नौमहिने सरकारबाट हामीलाई के आशा ?
आयुश शाही
मधेस र काठमाडौंको दूरी कमी होस् । भूकम्पपीडितहरूले राहत पाऊन् ।
भुवन कँडेल
महल, पजेरो लुट हो, विकासको नारा झूट हो । यहाँ कसले के गरेको छ र कोही–कसैबाट आशा राख्नु ?
रवीन्द्र तामाङ
जसरी हुन्छ, आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्छ ।
विनोद लम्साल
नेपालीहरूले कुनै अरूको देशमा काम गर्न जाने अवस्था नआओस् ।
गणेश खनाल
नयाँ सरकारबाट निराशा नै निराशा प्राप्त हुने लक्षण देखेको छु । किनभने योभन्दा अघिको माओवादी सम्मिलित सरकारले पनि जनताका लागि त्यस्तो के योगदान गरेको थियो र ?
बोधनाथ पौडेल
कर्णाली बचाउ । हिजो ओलीले दु्रतमार्ग बचाए, स्वाभिमान बचाए । यदि यो सरकारले कर्णाली बचाउन सकेसरकार सफल मानिनेछ ।
सन्देश लामा
के आशा गर्नु ? गर्ने केही होइन, बरु तुरुन्त राजीनामा दिएर फेरि ओलीलाई प्रधानमन्त्री बनाए हुन्थ्यो ।
डिल्लीराज पाण्डे
आशा त के राख्नु ? कसैले केही आशा गर्न लायकको काम गरेको भए पो आशा राख्नु । हेर्दै जाऊँ खेल तमासा के–के गर्दा रैछन् ।
योगेश गुरुङ
भूकम्प तथा बाढीपीडितहरूलाई राहत तथा देशको सीमामा रहेका समस्यालाई छिटोभन्दा छिटो सुल्झाउँछ कि भन्ने आशा छ ।
कृष्ण मगर
मुसा बनी देशलाई कुटुकुटु खाएर डुबानमा नपारून् । झूटो आश्वासन नदेखाऊन् । जनताको आँखामा धुलो छ्याप्ने काम नगरून् । आफ्ना आसेपासेलाई मात्र खुसी पार्ने परम्परा त्याग्न सकून् । आफ्नै दुनो सोझ्याउने काम मात्र नगरून् । आफ्नो होइन, देश र जनताको हित सोचून् । देश विकासका लागि नयाँ एजेन्डा पेस गरुन् । कलकारखाना खोली विदेश पलायन हुने युवाहरूलाई योग्यताअनुसारको रोजगारी दिलाउन सकून् ।
यशोदा ढुंगाना
देशमा जातीय समस्याहरू छन्, तर समस्याचाहिँ अरू नै देख्छन् । समस्याको सही पहिचान एवं त्यसको समाधान होस् ।
एसएल बेघ