साप्ताहिक संवाददाता
श्रावण ३२, २०७३
पुर्वाञ्चलस्तरीय एकल नृत्य प्रतियोगीताको उपाधि धरानका अनुप तामाङले जितेका छन् । पूर्वाञ्चलका विभिन्न जिल्लाबाट छनौट गरी विराटनगरमा शनिबार सञ्चालन गरिएको फाइनलमा ५३ जनालाई पछि पार्दै तामाङले उपाधिमाथि कब्जा जमाएका हुन् । डाइनामिक्स फिल्म एन्ड इभेन्ट एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फस्ट रनर्सअप धरानकै आस्था अर्याल भइन् भने सेकेन्ड रनर्सअप विराटनगरकी सरस्वती शेर्पा घोषित भइन् ।