साप्ताहिक संवाददाता
श्रावण ३२, २०७३
मोरङ जिल्लाका स्कुलहरूमा अध्ययरत प्रतिभाशाली विद्यार्थी खोजी गर्ने उद्देश्यले ‘एसबीएससी सिंगिङ स्टार सिजन–थ्री’ सञ्चालन हुने भएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था, विराटनगर, मोरङको आयोजनामा भदौ ४ गते यो प्रतियोगिताको पहिलो चरणको अडिसन विराटनगरबाट प्रारम्भ हुनेछ । ‘आवाज तपाईंको, गौरव राष्ट्रको, देन निजी स्कुलको’ भन्ने नाराका साथ सञ्चालन हुने यो प्रतियोगितामा १ सयभन्दा बढी स्कुलका २ सयभन्दा बढी विद्यार्थी सहभागी हुने सहकारीका अध्यक्ष इन्द्र राईले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनल मंसिर ४ गते तथा फाइनल मंसिर २५ गते विराटनगरमा हुनेछ ।