साप्ताहिक संवाददाता
भाद्र १, २०७३
यो सिजनमा छालामा विशेष असर देखिन्छ । यतिबेला छाला रुखो हुन्छ । त्यसैले मसलेदार तथा तेलमा तारेको खानेकुरा सेवन गर्नु हुँदैन ।
श्वासप्रश्वाससम्बन्धी समस्या भएका तथा वृद्धवृद्धाहरूले धूलो–धूवाँ हटिसकेपछि मात्र वाहिर निस्कनु राम्रो हुन्छ ।
एलर्जीपीडितहरूले साबुन, डिटरजेन्ट तथा ऊनी कपडाको सम्पर्कवाट टाढै रहनुपर्छ ।
काँचै खाइने कतिपय खानेकुरामा संक्रमणको सम्भावना हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि फाइवरयुक्त भोजन, भिटामिन सिले भरपुर फलफूल तथा ताजा दही सेवन गर्नुपर्छ ।
अनुहारको छालामा जमेको तैलीय तथा फोहोर पदार्थ निकाल्न राम्रो स्क्रब प्रयोग गरौं ।
यसका लागि बदाम, कागतीको बोक्राको पाउडर तथा दहीको पेस्ट तयार पार्न सकिन्छ । यो पेस्टलाई अनुहारमा दुई–तीन मिनेटसम्म राखेर मसाज गर्नुपर्छ ।