साप्ताहिक संवाददाता
भाद्र १, २०७३
आँचल शर्मा
मिस प्लस टुको उपाधि जितेपछि निर्देशक विकास आचार्यले आँचल शर्मालाई ‘नाइँ नभन्नु ल–४’ मा ब्रेक दिए । र्याम्पमार्फत एकैपटक सिल्भर स्क्रिनमा आउँदा आँचलको खुसीको सीमा रहेन । चलचित्र व्यवसायिक रूपमा सफल त भयो तर आँचल र उनका जोडी पल शाहले दर्शकको मन जित्न सकेनन् । त्यसैले होला, उक्त चलचित्र प्रदर्शन भएको लामो समयसम्म आँचल बेरोजगार रहिन् ।
उनीहरूलाई कुनै पनि निर्माता–निर्देशकले पत्याएनन् । अहिले आएर आँचललाई निर्देशक नितिन चन्दले ठूलो विश्वास गरेका छन् । म्युजिक भिडियोका स्थापित निर्देशक चन्दले निर्देशनमा डेब्यु गर्न लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ मा मुख्य भूमिकामा अनुबन्ध भएपछि आँचल अहिले फुरुङ्ग छिन् । पल शाहले शीर्ष भूमिका निर्वाह गर्ने यो चलचित्रमा आँचलको भूमिका कस्तो हुने हो, हेर्न बाँकी नै छ ।