साप्ताहिक संवाददाता
भाद्र २, २०७३
एसराज गराच, अभिनेता, मोडल तथा भिजे
अभिनेता, मोडल तथा भिजे हुन् एसराज गराच । गोपीकृष्ण टिभी फिल्मीमा विभिन्न कार्यक्रम प्रस्तुत गर्ने एसराज र्याम्पमा क्याटवाकसमेत गरिरहेका हुन्छन्– भने फेसन शोहरूमा कोरियोग्राफी पनि । चलचित्रको अभिनय आफ्नो मुख्य पेसा भए पनि विगत केही वर्षदेखि उनको हातमा एउटै चलचित्र थिएनन् । केही वर्षअघि वैवाहिक जीवनसमेत प्रारम्भ गरेका एसराज केही महिनाअघि बुवा बने । बुवा बनेको केही सातामै उनले नयाँ चलचित्रमा अनुबन्धित हुने मौका पाए । छोराको बुवा भएपछि चलचित्र ‘भाग्य’ मार्फत रजतपटमा पुनरागमन गर्न लागेका एसराजलाई अचेल उनका साथीभाइहरू ‘दुवै हातमा लड्डु’ भन्दै जिस्क्याउन थालेका छन् ।