साप्ताहिक संवाददाता
भाद्र २, २०७३
गायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देबकोटाले गाएका गीतहरु प्राय : चर्चा र विवादमा रहन्छन् । अझ हरेक वर्षका तीज गीतहरु विवादमा तानिन्छन् । अघिल्लो वर्ष ढाडे बिरालो गीत गाएर चर्चामा रहेका कटुवाल र देबकोटा यसपाली फेरी चर्चामा आए । दुई अर्थ लाग्ने वान पिस लाए बिचबाटोमै खोल्दिन्छु भन्ने गीतले फेरी चर्चा बटुल्यो । यस गीतमा आधुनिक जमानामा बिग्रदै गएको फेसन, बोली, भाषा र संस्कृतिलाई ब्यंग्य गरिएको छ ।
अन्नपूर्ण भिजनको प्रस्तुती रहेको वान पिस लाए बिचबाटोमै खोल्दिन्छु गीतमा अभिनय स्वयं गायक, गायिका, गायिका श्रीदेवी, कटुवाल, रमा र मनोजको रहेको छ । बिनोद ढकालको शब्द तथा लय गायक प्रकाश कटुवालकै रहेको छ । यस गीतको निर्देशन शंकर बिसी, छायांकन राजेश घिमिरे, सम्पादन नबिन घर्ति मगरको रहेको छ ।