साप्ताहिक संवाददाता
पहाडी परिवेशमा खिचिएको चलचित्र हो–‘वीर विक्रम’ । यो चलचित्रका नायक दयाहाङ राईको नाम हुन्छ ‘वीर विक्रम’ । दयाहाङले यसअघि कबड्डी र कबड्डी–कबड्डीमा झण्डै उस्तै किसिमको चरित्र निर्वाह गरेका थिए । ‘वीर विक्रम’ मा भने उनी एक प्रेमीका साथ सुरो युवकका रूपमा प्रस्तुत हुन्छन् । एक्सन चलचित्र ‘हँसिया’ को निर्देशनपछि लेखक तथा निर्देशक मिलन चाम्सको यो दोस्रो चलचित्र हो । चलचित्रका निर्माता पनि उनी नै हुन् । दियासँग माया प्रेम भएपछि दयाको अनुपविक्रम शाही र अर्पण थापासँग चल्ने जुहारीलाई चलचित्र ‘वीर विक्रम’मा रोचक ढंगबाट समेटिएको बताइन्छ । यो चलचित्रमा राम केसीको छायांकन, रिनेशा राईको नृत्य, यम थापाको कथा तथा अर्जुन जिसीको सम्पादन हेर्न पाइनेछ ।
निर्देशक : मिलन चाम्स
संगीत : ताराप्रकाश लिम्बू
कलाकार : दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, नाजिर हुसैन, शिशिर राणा आदि ।
चलचित्र वीर विक्रमको अफिसियल ट्रेलर