साप्ताहिक संवाददाता
प्रचण्ड कमरेडले जत्तिको गाईजात्रा त कसले गर्यो र ? सुरुमा सरकार ढाल्छु भने ढालेनन् । पछि काँध हाल्छु भने हालेनन् । ख्यालख्यालैमा केपी कमरेडलाई उत्तानो लगाईदिए । विचरा केपी कमरेड, मच्चिँदामच्चिँदै थच्चिए ।
अविरल थापा, लेखक
नौ महिनामा त बच्चा जन्मन्छ । नौमहिने सरकारको जुन सहमति भएको छ, त्यो त भाले–भाले मिलेर सन्तान जन्माउने गाईजात्रा जस्तो लागिरहेको छ ।
विजय लामा, नायक/पाइलट
देश विकास गर्छु भनेर कस्सिएका नेतालाई खुत्रुक्क पारेर पदबाट खुस्काउनु र आमजनता ट्वाँ पर्नु ।
राजनराज शिवाकोटी, संगीतकार
हरेक दिनको राजनैतिक गतिविधि नै गाईजात्रा जस्तो लाग्छ मलाई त ।
अनिल स्थापित, ग्राफिक डिजाइनर
प्रभु शाह कानुनमन्त्री भएको ।
सुरेश पौडेल, वृत्तचित्र निर्माता
असार १५ मा कृषि मन्त्रीले गमलामा धान रोपेको दृश्य देखेर म १ सय ३३ पटकसम्म हाँसे ।
निर्मल शर्मा ‘गैंडा’, कलाकार
मधेसीको माग केपी ओलीले पूरा गर्न सक्दैनन् भन्दै उनलाई पदच्युत गर्न न्वारनदेखिको बल प्रयोग गरेको देख्दा अति हाँसो उठ्यो, किनभने तीनबुँदे माग त प्रचण्ड सरकारले होइन, मैले नै पूरा गर्दिने जस्तो सजिलो पो रै’छ, धन्य मधेसी नेताहरू ।
ज्योति काफ्ले, नक्कली बाबुराम
नौमहिने सरकार परिवर्तनको अल्टिमेटम र जम्बो मन्त्रिमण्डल । देश चलाउन गएका हुन् कि भाग खान ?
रोशन प्रसाईं, विज्ञापन व्यवसायी
एउटा सानो देशमा प्रधानमन्त्री पदलाई समेत बाँडीचुँडी सम्हाल्ने सम्झौताजस्तो गाईजात्रा अरू के हुन सक्छ ?
विकास खतिवडा, इभेन्ट व्यस्थापक
नौ महिने सरकार हो भन्ने जान्दाजान्दै पनि दस वर्षमा यसो गरिदिन्छु, उसो गरिदिन्छु भनेर भाषण गर्ने नेताहरूको गफमा थपडी बजाउने हामी सोझा जनताजत्तिको गाईजात्रे को होलान् ?
रमेशमान श्रेष्ठ, एनिमेटर
नाकाबन्दीका बेला ९९ प्रतिलिटरमा पाइरहेको पेट्रोल ५ सय र १४ सयमा पाइरहेको ग्याँस ९ हजार तिर्दासमेत दसैं आएजस्तो गरी खुसी भएका जनता सबैभन्दा गाईजात्रे लागे ।
रोजिना श्रेष्ठ, फेसन डिजाइनर
यो वर्षको मात्र घटना नभनौं, हरेक आठ–नौ महिनामा यो देशमा हुने सरकार परिवर्तन नै सबैभन्दा ठूलो गाईजात्रे घटना हो । नौ महिनामा गर्भवती महिलाले शिशु जन्माउँछिन्, अब देशले हरेक नौ–नौ महिनामा सरकार जन्माउने भएछ ।
रेखा शाह, गायिका
यहाँ सरकार नै गाईजात्रा गर्नका लागि बन्छन्, अनि सरकारका हरेक काम गाईजात्रे पाराका हुन्छन्, अब के भन्नु ?
अरुण रेग्मी, चलचित्र निर्माण व्यवस्थापक
घटनाभन्दा पनि वर्षौं–वर्षसम्म एउटै सडक खनेर बारम्बार बिगार्ने र समयमा नबनाउने सडक विभाग, सडकमा जाल थापेझैं बस्ने तथा खुइलिएको लेन पनि नदेखेको भनेर कारबाही गर्ने ट्राफिक प्रहरी, सानो काम सक्न पनि भोली आउनुस् भन्दै टार्ने सरकारी कर्मचारी, नियम मिच्न पाएकोमा गौरव मान्ने हामी जनता सबै गाईजात्रे हौं । देशै गाईजात्रे, सिस्टम नै गाईजात्रे जय र्गाजात्रा ।
अनिल सिंह, गायक
नाकाबन्दी र मोदीजी हो, किनभनेमोदीको चिल्ला कुराले हामी नेपालीलाई सिल्ली बनाउन खोज्यो । नाकाबन्दीले हामीलाई तहस–नहस बनायो ।
शिवशंकर रिजाल, जोविन्दर पानवाला