साप्ताहिक संवाददाता
भाद्र ५, २०७३
गायक बिपुल क्षेत्री हालै अमेरिकामा थिए । लाइभ कन्सर्टका लागि अमेरिका पुगेका क्षेत्रीलाई त्यहाँ नेपाली दर्शकले राम्रो साथ पनि दिए । लाइभ कन्सर्टले लोकप्रियता पाउनुअघि आयोजित पत्रकार सम्मेलन पनि आफैंमा उपलब्धिमूलक र रोचक रह्यो ।पत्रकार सम्मेलनमा बिपुलले आफूसहित चार लोकप्रिय नेपाली सेलिब्रेटीलाई एउटै मञ्चमा उभ्याउन सफलता प्राप्त गरे ।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङ, सिएनएनकी सञ्चारकर्मी किरण क्षेत्री तथा नायिका प्रियंका कार्कीसहित गायक विपुल क्षेत्री एउटै सोफामा बसेका थिए । सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनको दृश्यले युट्युबमा समेत प्रशस्त भ्युअर्स पाएको छ ।