साप्ताहिक संवाददाता
पार्बती राइ, नृत्यंगना, मोडल
महिलाहरू तालुखुइले भए भने सिन्दूर कहाँ लगाउलान् ?
अहिलेको जमानामा बिगको कमी छ र ? केश रोप्न पनि मिल्छ, त्यति समस्या नपर्ला ।
बाटोमा हिँड्ने क्रममा कुनै युवकले च्याप्प समातेर किस गर्यो भने ?
एकछिन् त टवाँ पर्छु नि, किस खाएर भागिहाल्यो भने छक्क परेर हेर्याहेर्यै हुन्छु । त्यो युवक त्यही बसिरा’ छ भनेचाहिँ मेरो रियाक्सन एक्सन बनेर आउँछ ।
पुरुषले मेकअप गर्न पाए भने के होला ?
विचराहरू, फेयर एन्ड हेन्डसम कति धस्थे होला ? पुरुषहरू कति उखरमाउला, नक्कला देखिन्थे होला ?
प्रकृतिले रातचाहिँ किन बनाएको होला ?
अहिलेका जोडीलाई त रात पर्खिनै पर्दैन, दिनमै राति गर्नुपर्ने धेरै काम फत्ते हुन्छन् । पहिले–पहिले आराम गर्नलाई रात बनाइएको हो, तर अहिले रातभर रमाइलो गर्ने ट्ेरन्ड छ, अनि दिनभर आराम गर्ने ।
चुम्बन गर्दा मुख सुन्निने रोग लाग्यो भने ?
चुम्बन गर्नुपर्छ भनेर सबैजना भाग्थे होलान्, सबैले फ्लाइङ किस गरेर काम चलाउँथे कि ?
महिलाको पनि दाह्री–जुँगा आउने भए ?
अहिले जति ठाउँमा रौं आइरहेको छ, त्यति नै पर्याप्त छ, त्योभन्दा बढी महिलालाई आवश्यक पनि छैन, आउने नै भएचाहिँ दिनहुँ सेभिङ गर्नुपर्ने भएर हत्तु हैरान हुन्थ्यो होला ।
अनमोल केसीले विवाह गर्छु भनेर ढिपी गरे भने ?
मेरो फेबरेट हिरो हो, अनमोल । उसले बिहे गर्छु भन्यो भने ५ मिनेटभित्र सिन्दुर–पोते हाल्न लगाइहाल्थे ।
सबै युवकको अनुहार एउटै भए के हुन्थ्यो ?
संसारभरका महिला झुक्किएर हैरान हुन्थ्यो । खासगरी केटाहरूचाहिँ केटी झुक्याउँदै हिँड्थे ।
महिलाको स्तन भएन भने के हुन्छ ?
स्तन भएन भने त महिलाको स्थान पनि हुँदैन होला नि, त्यसपछि त महिला र पुरुष छुट्याउन पनि गाह्रो पर्छ होला, कतिपय पुरुषको दाह्री–जुँगा पनि हुँदैन ।
राम्रो युवक भनेर पछि लाग्दा तेस्रो लिंगी निस्कियो भने के गर्नुहुन्छ ?
त्यसलाई आफ्नो केटी ग्याङको सदस्यमा राखेर केयर गर्छु, त्योभन्दा बढी के नै गर्न सकिन्छ र ?
ऐना भएन भने युवतीहरूको स्थिति कस्तो होला ?
पानीमा अनुहार हेर्दै मेकअप गर्थे होला, धेरैले नक्कल पार्न पनि छोड्थे कि ?
स्वीमिङ गर्दा गर्दै कस्ट्युम फुस्कियो भने तपाईं के गर्नुहुन्छ ?
सुरुमा त पानीबाट बाहिर नै निस्कन्नथे, पछि हातले छोप्दै भाग्थे ।
तीजको कार्यक्रममा नाङ्गा शिवजी प्रकट भए भने ?
शिवलिंगलाई त पूजाआजा गर्न लाइन बस्ने महिलाहरूले साक्षात नाङ्गा शिवजी प्रकट हुँदा उनको लिंगलाई के छोड्थे होला र ? बेलपत्र, धुप, अगरबत्ती, केरा, फलफूल, जल चढाउनेहरूको घम्साघम्सी पथ्र्यो नि ।