साप्ताहिक संवाददाता
भाद्र ६, २०७३
रियो ओलम्पिकमा पहिलो विवाहको प्रस्ताव राख्ने खेलाडी रहे, ब्राजिलको महिला रग्बी सेभेन्सको र त्यो समलिंगी विवाहको प्रस्ताव थियो । इसाडोरा सरुलो २५ वर्षीया रग्बी खेलाडी हुन् र उनकी प्रेमिका हुन्— मारजोरे इनया । त्यसो त ब्राजिलीयन टिमले उक्त स्पर्धामा कुनै पदक जित्न सकेन, तर खेलको समाप्तिमा सरुलोले विवाहको प्रस्ताव राखे, त्यो पनि सबैका अगाडि खुल्ला रंगशालामै ।
इनया पनि ब्राजिलीयन टिमकै सदस्य हुन्, तर उनको भूमिका भने व्यवस्थापकका रूपमा छ । उनीहरू दुई वर्षयता लिभिङ रिलेसनमा थिए । सरुलोको विवाह प्रस्तावपछि इनयाले आफ्नो भावना रोक्न सकिनन् र सबैका अगाडि खुसीको आँसु झारिन् ।