साप्ताहिक संवाददाता
राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न ‘मिसेस् नेपाल आइडल २०१६’ को उपाधि कविता राई नेम्वाङले जित्न सफल भएकी छिन् । कविताले आफ्ना १४ प्रतिस्पर्धीलाई पछाडि पारेर मुख्य उपाधिमा कब्जा जमाएकी हुन् । उनले मोस्ट इन्टेलिजेन्ट र वेष्ट ड्रेस विधाको अवार्ड पनि आफ्नो नाम दर्ता गराइन् । उक्त प्रतियोगितामा अप्सरा गुरुङ र मिरा श्रेष्ठ क्रमश: फस्ट तथा सेकेन्ड रनर अप तथा गौरी गिरी र अन्जु भुजेल क्रमश: थर्ड तथा फोर्थ रनर अप चयन भएका थिए ।
अप्सराले वेष्ट कम्प्लेक्सन र मोस्ट स्टाइलिस विधाको अवार्ड पनि जितिन् भने मिराले वेष्ट क्याटवाक र गौरीले वेष्ट स्माइलको अवार्ड हात पार्न सफल भइन् । अन्जुले भने वेष्ट फोटोजेनिक तथा मोस्ट स्मार्टको आवर्ड पाइन् । प्रतियोगिताको अन्य उपाधिमा सिता थापा वेष्ट ट्यालेन्ट, एस रिता श्रेष्ठ वेष्ट पर्सनालिटी, मिनु शर्मा बेष्ट डिसिप्लीन तथा मोस्ट पपुलर, अस्मिता शाही ठकुरी मोस्ट इनोसेन्स, लिमा पोखरेल वेष्ट स्कीन, एलिना गिरी वेष्ट हेयर, पुनम महर्जन मोस्ट एक्टिभ र मोस्ट बब्ली, सुनिता भण्डारी मोस्ट पङ्चुयल र गिता श्रेष्ठ मोस्ट कन्फिडेन्टका विधाका विजेता चयन गरिएका थिए । अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा भएको उक्त प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।