साप्ताहिक संवाददाता
३० भन्दा तलकालाई मात्र युवा मान्नुपर्छ ।
सञ्जु मगर
लोकतान्त्रिक मान्यतामा सेतो केशमा कालो दलेपछि सबै युवा, तर १८ देखि ३० वर्षका चाहिँ साँच्चैका युवा हुन् ।
ब्ल्याक ब्वाइ
यो उमेर हेरर होइन, दिमाग हेरेर तौलिने कुरा हो ।
सुख्खा आँखा
कांग्रेसको भाषामा भनौं ? मापदण्ड नमिचौं, २० देखि ३५ गरौं न, हँुदैन ?
अशोक सुस्केरा
६१ वर्षका प्रचण्ड पनि युवा भएपछि अब के भन्नु र ?
खिम श्रेष्ठ
७० वर्ष एकदम उत्तम हुन्छ । सुशील कोइराला पनि युवाअवस्थामै बिते । बाबुराम, केपी, प्रचण्डहरू पनि युवा नै छन् क्यारे † सत्तामा पुग्ने उमेर नै यही हो ।
भुक्का टुरिस्ट
नेपालीहरूको औसत आयु ६० वर्ष हो । आफैं सोच्नुहोस्, कति वर्षसम्मको युवा हुन्छ ।
मनोज क्षेत्री
४० वर्षसम्मकालाई ।
निरञ्जन थापा
युवा बनाउने नै तपाईंहरूजस्ता मिडियाले हो । कुन जनताले युवाको परिभाषा दिन्छ र ?
जीवन खड्का
पत्रकारहरूले ७२ वर्षसम्मकालाई पनि युवा लेखिदिएका छन्, ९५ वर्षको मान्छे मरे असामयिक देहावसान हुन्छ । अब के भनौं खै ?
सुमित ढकाल
साँच्चैको युवा १५ देखि ३० वर्ष हो, तर कांग्रेसको युवा ४० देखि ६५ वर्ष हो ।
मनोज जोशी
४० देखि ६० वर्षसम्मको नेतालाई नेपालमा युवा नेता भनिन्छ । त्यसभन्दा तलका बालबालिका हुन् ।
मुक्तिनाथ चन्द
नेपालमा १८ देखि ४० वर्षसम्मकालाई युवा मान्न सकिन्छ ।
छत्रमान राई
युवा नेता बनाउने नै मिडियाले हो । जसलाई जे मन लाग्छ बनाइदिन्छन् ।
कमल
विशेषत: युवा व्यक्तिको क्रियाशीलता एवं सिर्जनात्मकता हेरेर भन्न सकिने कुरा हो । शारीरिक श्रम गर्न सक्षम सबै युवा हुन् । उमेर तपसिलको कुरा हो ।
प्रतीक्षा
जसले खान्छ, जसले काम गर्छ, जसले गरेर देखाउँछ, त्यो मान्छे हो युवा र जसले केही काम गर्दैन ऊ बूढापाकामा पर्छ । विदेशमा ९०/९५ वर्ष पुगेकाहरू पनि रातदिन काम गर्छन् । हाम्रो देशमा ४५ वर्ष पुगेकाहरू पनि केही गर्न सक्दैनन् ।
सुुजन तामाङ
वृद्धाअवस्थामा पुगेकाहरू नै युवा नेता । अब खै कति उमेरको मानिसलाई युवा भन्ने, म अलमलमा परें— हे भगवान् ! सही मार्ग देखाऊ ।
सुवास
अरू पार्टीमा ४० सम्म, तर कांग्रेसमा ६० सम्म भए पनि चल्छ ।
खेमराज घर्तीमगर
अब बूढो भैयो जस्तो लागेको थियो, तर यो समाचार हेर्दा त अझै पनि बच्चा नै पो रहेछु म त । नेपालका ४५–५० का विद्यार्थी नेता, ६० पुगेका युवा नेता ।
डी बोहरा क्षेत्री
नमरुञ्जेल युवा नेता ।
लिमन दोङ तामाङ
३० देखि ५० वर्षसम्मकालाई युवा भन्न सकिन्छ, किनभने यो उमेरकाले देश, जनता एवं जीवन–जगत्का बारेमा सबै कुरा बुझेका हुन्छन्, बुझाउन पनि सक्छन् र नेतृत्व गर्न सक्ने क्षमतासमेत हुन्छ ।
रिदम दीप
नेता जुनसुकै उमेरमा पनि युवै रहन्छ ।
मंगोलियन सम्राट्
यसो हिसाब गरेर ल्याउँदा गगन थापा त किशोरावस्थामै छन् है ।
रविन तिंक्री
विचारचाहिँ युवाको जस्तो हुनुपर्छ, उमेर जति भए पनि हुन्छ ।
रानीटारे साहिँलो
सुशील कोइरालाज्यू त युवा नेता हुँ भन्दाभन्दै मरे, अब कुन उमेरकालाई भनुम् युवा नेता ?
सूर्य मगर
राजनीतिमा चाहिँ जो–कोही प्राण रहुन्जेलसम्म युवा नै रहन्छन् ।
टेकेन्द्र विष्ट