साप्ताहिक संवाददाता
भाद्र १०, २०७३
रंगमञ्चमा महिला रंगकर्मीको एकल अभिनयको ट्रेन्ड नै चलेजस्तो छ । अनामनगरको मण्डला थिएटरमा सरिता गिरीले एकल अभिनय गरेको नाटक ‘बोक्सीको घर’ मञ्चन भैरहेको छ भने कालिकास्थानस्थित सर्वनाम थिएटरमा नानी थापाले एकल अभिनय गरेको नाटक ‘जूनकीरी’ मञ्चन भैरहेको छ । नाटक जूनकीरी बिहीबार बाहेक हरेक दिन साँझ साढे पाँच बजे मञ्चन हुने गरेको छ ।