साप्ताहिक संवाददाता
भाद्र १०, २०७३
तीजको पूर्वसन्ध्या पारेर मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले ‘स्टाइल उत्सव’ शीर्षकको फेसन शो आयोजित गर्दैछ । बेटर ग्यालेक्सीको व्यवस्थापनमा भोलि शनिबार ब्लुबर्ड मलस्थित मुड्स लाउञ्जमा सञ्चालन हुने तीज फेसन शोमा मोडलहरूका साथ नायिकाहरू गौरी मल्ल, उषा खड्गी, लक्ष्मी श्रेष्ठ, पूजा शर्मा, केकी अधिकारी तथा चाँदनी शर्माले सेलिब्रेटी क्याटवाक गर्दैछन् ।
फेसन शोका व्यवस्थापक धीरज तण्डुकारका अनुसार ८ वर्षदेखि ३५ वर्षसम्मका मोडलहरूले समेत क्याटवाक गर्ने यो फेसन शोमा संगीत, नृत्य तथा हास्य प्रस्तुतिहरू पनि समेटिनेछ । फेसन शोमा गायिकाद्वय कुन्ति मोक्तान तथा देविका बन्दनाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने तन्डुकारले जानकारी दिए ।