साप्ताहिक संवाददाता
साउदी अरबमा अलपत्र परेकी कन्चनपुरकि आयशा कार्कीलाई सहयोग जुटेको छ । कार्कीलाई नेपाल फर्काउन लाग्ने सम्पूर्ण खर्च, ‘रामचन्द्र तिमिल्सिना उद्दार समिति’, रियाद र नेपाली राजदुताबास रियादबिच सहमती भएको हो । नेपाली राजदुताबास साउदी अरबका कार्यबाहक राजदुत श्री आनन्दप्रसाद शर्माको रोहबरमा ‘रामचन्द्र तिमिल्सिना उद्दार समिति’, रियादका सह–संयोजक श्री सुरेशराज त्रिपाठी, सह–कोषाध्यक्ष श्री अरुण बेल्बासे, सहजकर्ताहरु श्री अर्जुन थापा र श्री बाल गुरुङको उपस्थितिमा समितिका संयोजक श्री दिपक रेग्मीबाट आर्थिक सहयोग पीडित कार्किलाई हस्तान्तरण गरिएको थियो ।
कन्चनपुर जिल्लाको महेन्द्रनगर बडाइपुर घर भएकी आयशा कार्की चार महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियाद आइपुगेकी थिईन् । नारायणगढकि नुरिशा खातमले उनलाई दुबइस्थित एक होटेलमा वेटरको काम लगाइदिने तर सम्पूर्ण प्रोसेस भारतबाट हुने आश्वासन दिएर नेपालबाट भारत पुर्याएर त्यहाँ अल्लम नाम गरेका एजेण्टलाई जिम्मा लगाएकी थिइन् । अल्लमले उनलाई अबैध बाटो मार्फत हुँदै करिब दुई हप्तामा भारत, चीन, श्रीलंका हुँदै चार महिना अघि साउदी अरबको रियाद पुर्याएका थिए । त्यसपश्चात् उनी अलपत्र परेकी थिईन् ।
तीन महिनाअघि पीडित आयशा कार्की नेपाली राजदुताबास रियादको शरणमा आईपुगेकी थिइन् । उनीसंग पासपोर्ट लगायत अन्य कुनैपनि कागजपत्रहरु, सम्पर्क नम्बरहरु नभएकोले उनलाई नेपाल फर्काउँन र आबश्यक कागजपत्रहरु बनाउन अली जटिल पर्ने र केही आर्थिक रकम पनि लाग्ने तर उनिसंग पैसा नभएपछी बिगत ती महिनादेखी उनी राजदुताबासकै महिला कक्षमा शरण लिईरहेकी थिन् ।