विज्ञानले धेरै कुरामा सफलता हात पारे पनि मानिसको स्वभावअनुसार प्रतिक्रिया व्यक्त गर्ने रोबोटको निर्माण अझै गर्न सकेका छैन । अझ ठूलो माग रहेको सेक्स डलमा त्यस्तो सफलता हासिल गर्न सके रातारात अर्बौं रुपैयाँ आम्दानी हुने सोचका साथ धेरै अनुसन्धानकर्ता यसमा लागि परेका छन् । सन् १९९७ देखि विभिन्न किसिमको प्रतिक्रिया दिने सेक्स डलको निर्माणमा लागिरहेका म्याट म्याकुलमले आफ्नो अनुसन्धान सफलता उन्मुख रहेको जनाएका छन् ।
बजारमा नबोल्ने, कुनै किसिमको प्रतिक्रिया नजनाउने सेक्स डल मात्र पाइने हुनाले पनि प्रयोगकर्ताहरूको आकर्षण प्रतिक्रिया व्यक्त गर्ने डलतर्फ छ । यदि प्रतिक्रिया देखाउने सेक्स डल निर्माण भए धेरैको आकर्षण त्यस्ता डलतर्फ हुने पक्का छ । म्याटका अनुसार उनले तयार पारेको डलको मूल्य सम्भवत: ५ लाख ३५ हजारदेखि १० लाख ७० हजार रुपैयाँसम्म पर्नेछ । यो डलले तुलनात्मक रूपमा बढी प्रतिक्रिया दिने म्याकुलमको उनले दाबी छ ।