भाद्र १२, २०७३
ब्राजिलले ओलम्पिकमा यसअघि पनि स्वर्ण पदक जितेको थियो र यसपछि पनि जित्नेछ, तर ब्राजिलका लागि यसपल्टको पुरुष फुटबलमा जितेको स्वर्ण जत्तिको अमूल्य अर्को कुनै पदक हुने छैन । पाँचपल्ट विश्वकप जितेको ब्राजिलले ओलम्पिकमा फुटबलतर्फ स्वर्ण जितेको यो नै पहिलो अवसर हो र यसका नायक रहे, बार्सिलोनाका नेयमार ।
विश्वकप फुटबलमा लगातारको निराशाजनक प्रदर्शनपछि रसातलमा पुगेको आफ्नो शाखलाई पुनर्जीवित गर्ने गरी स्वर्ण जितेपछि नेयमारले भने– ‘मेरो खेल जीवनमा अहिलेसम्म सबैभन्दा राम्रो केही भएको छ भने यो स्वर्ण जित्ने उपलब्धि नै हो ।’