साप्ताहिक संवाददाता
भाद्र १२, २०७३
रेशमा तिमिल्सिना, अभिनेत्री
अहिले कसैसँग प्रेममा हुनुहुन्छ ?
अहँ, छैन ।
अहिलेसम्म कतिपटक प्रेममा पर्नुभयो ?
एकपटक पनि परेकी छैन, खोइ के भनौं ?
प्रेम नपरी ब्रेकअप भयो कि ?
झट्ट देख्यो, मन पर्यो, झट्ट अर्कीसँग जान्छ, ब्रेकअप । प्रेममा नपरी कसरी ब्रेकअप ?
प्रेम कति पटकसम्म हुनसक्छ ?
एउटा जीवनमा एकपटक मात्र ।
तपाईं कस्ती प्रेमिका हुनुहुन्छ होला ?
धेरै माया गर्ने अर्थात् पूरै जीवन उसलाई माया गरिरहने ।
जीवनमा पहिलो पटक कसैलाई मन त पराइयो होला नि ?
प्रेमको सुरुवात मन परेरै हुने हो । मन पराएकी भए प्रेम भैसक्थ्यो नि ?
प्रेम गर्न कुन उमेर ठीक ?
प्रेमका लागि कुनै उमेर हुँदैन, प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ ।
मौका मिले कसलाई प्रेम प्रस्ताव राख्नुहुन्थ्यो ?
नाम नै नभनूँ क्यार ।