साप्ताहिक संवाददाता
भाद्र १२, २०७३
नुवाकोटको टिभी त्रिशूलीमा ५१ भाग प्रसारण भएको टेलिश्रृंखला ‘कथा तपाईंको दृश्य हाम्रो’ यही सातादेखि च्यानल एस टेलिभिजनबाट प्रत्येक बुधबार राति ८ बजे प्रसारण हुने भएको छ । प्रदीपसिंह थापाद्वारा निर्देशित यो श्रृंखलामा दर्शकले पत्रमार्फत पठाउने सत्य घटना प्रस्तुत गरिन्छ ।
श्रृंखलाले समाजमा भएका विकृति–विसंगतिविरुद्ध अभियान नै सञ्चालन गरेको दाबी गरिएको छ । थापाजी फिल्म्सले निर्माण गरेको यो श्रृंखलामा लक्ष्मणविक्रम बस्नेत, रश्मि भट्ट, प्रदीपसिंह थापा, सविना हुमागाईं, श्याम बुढाथोकी, सरु रोक्का, रामकुमार सुनार, सजिना गिरी, अस्मिता बस्याल आदि कलाकारले अभिनय गरिरहेका छन् ।