साप्ताहिक संवाददाता
भाद्र १३, २०७३
चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईले नेपाली बजारमा एकै दिन ब्लेड सिरिजका ३ फरक मोबाइल फोन सार्वजनिक गर्यो । ब्लेडको एस सिक्सको विशेषता अंग्रेजी अक्षरको भी प्याट्रन बनाउँदा म्युजिक खोलिनु र क्यामेरालाई सेक गर्दा लाइट बल्नु हो ।
डी टु सिरिजमा लामो समयसम्म ब्याट्री टिक्छ । कम्पनीले यसको ब्याट्री स्ट्याण्ड वाईमा ३५ दिन, अनलाइन गेम खेल्दा ११ घन्टा, इन्टरनेट चलाउँदा १८ घन्टा, कुरा गर्दा ३५ घन्टा, संगीत सुन्दा ७६ घन्टा तथा भिडियो हेर्दा १८ घन्टासम्म टिक्ने दाबी गरेको छ । डी थ्री सिरिजको मुख्य विशेषता भने सेल्फी हो । यो सेटको फ्रन्ट क्यामेरानै १३ मेगा पिक्सेलको छ ।