साप्ताहिक संवाददाता
भाद्र १४, २०७३
विगत दुई वर्षदेखि अमेरिकामा रहेकी गायिका सरु पराजुलीले अमेरिकामै एउटा तीज गीत निर्माण गरेकी छिन् । आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतको ‘यो तीजै रमाइलो...’ गीतको म्युजिक भिडियो सोमबार यूट्युबमा सार्वजनिक भएको छ । अमेरिकामै रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो पनि उतै छायांकन गरिएको हो ।
मुना बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोमा मुना बस्नेत, रिता गौतम, ममता बजगाईं, दुर्गा गौतम तथा कविता गिरीले अभिनय गरेका छन् । डिजिएस फिल्म्सका धन गौतमले यो भिडियो सम्पादन गरेका हुन् । गीतमा साहास शाक्यको संगीत संयोजन रहेको छ ।
यो तीजै रमाइलो... को म्युजिक भिडियो