मेकअप प्रारम्भ गर्नुअघि आफ्नो छालाको टोन कस्तो छ भन्ने कुरा बुझ्नुपर्छ । छाला तैलीय वा ड्राइ जस्तो छ सोहीअनुरूप मेकअप गर्नुपर्छ । फेस मेकअप : मेकअप प्रारम्भ गर्नुभन्दा पहिले क्लिन्जरले राम्रोसँग मुहार सफा गर्ने । त्यसपछि मुहारको टोनअनुरूप कलर छनोट गर्नुपर्ने ।
आइज मेकअप : आँखाको मेकअपका लागि क्रिम प्यालेट नै प्रयोग गर्नुपर्छ । क्रिम बेस आइस्याडो सिमरी सिल्भर कलर लिएर आधा आइबलमा लगाउनुपर्छ । ब्ल्याक आइस्याडोबाट ब्रसको सहायताले आइलाइनर लगाउनुपर्छ अनि त्यसपछि मस्कारा प्रयोग गर्नुपर्छ । आइब्रोजमा ब्ल्याक स्याडो नै उपयुक्त हुन्छ ।
लिप्स मेकअप : ओठको मेकअपका लागि पहिले ओठमा एउटा बेस कोड दिनुपर्छ । त्यसपछि डार्क कलरले आउट लाइन बनाएर पहिरनसँग मिल्दो रंगको लिपिस्टिक ब्रसको सहायताले लगाउनुपर्छ । यसमा अलिकति बढी ग्लस लगाउनुपर्छ । आफूलाई कुन र कस्तो कलर सुहाउँछ भन्ने कुरामा चाहिँ प्रयोगकर्ता नै सजग हुनुपर्छ ।
हेयर स्टाइल: अफिस वा विशेष समारोह कता जाँदै हुनुहुन्छ ? सोहीअनुसार हेयर स्टाइल बनाउनुपर्छ । अर्काे कुरा, पहिरनअनुकूलको हेयर स्टाइलका बारेमा जानकार हुनुपर्छ । अहिले धेरै प्रकारका हेयर स्टाइल प्रचलनमा छन् । तीमध्ये आफूलाई जुन मन पर्छ सोही हेयर स्टाइलमा सजिनु उपयुक्त हुन्छ ।
उदाहरणका लागि अगाडिको केशलाई छोडेर टपमा आर्टिफिसियल वन लगाएर पिनले सेट गर्ने सोचमा हुनुहुन्छ भने अगाडिको केशमा काइँयो प्रयोग गरी स्प्रे गरेर त्यसलाई बनको माथिबाट तलतर्फ लगेर पिनले सेट गर्नुपर्छ । त्यसपछि बाँकी रहेको केशलाई त्यही वन जुरोमा समेट्नुपर्छ । पछाडिको केशलाई ट्विस्ट गर्दै फोल्ड गरी जुरोको तलतिर पनि पिनले सेट गर्नुपर्छ । यो अहिले चलेको विशेष हेयर स्टाइल पनि हो ।