साप्ताहिक संवाददाता
भाद्र १४, २०७३
आफ्नो मोबाइल अपरेटिङ सिष्टमलाई त्यागेर एण्ड्रोइड अपरेटिङ सिष्टममा आएको ब्ल्याकबेरीले एण्ड्रोइड एप्लिकेसन्स लाग्ने आफ्नो दोस्रो सेट डिटिईके–५० लाई सार्वजनिक गरेको छ । यो सेटको डिटेक सेक्युरिटी एप्लिकेसनले फोनमा भएको कुन एपले प्रयोगकर्ता र उसको सेटलाई बेफाइदा गर्छ भन्ने जानकारी दिन्छ जसका कारण यो सेटलाई अहिलेसम्मकै सर्वाधिक सुरक्षित सेट मानिएको छ । यो सेटको अर्को विशेषता २ टेरावाइटसम्मको कार्ड सर्पोट गर्नु पनि हो ।