साप्ताहिक संवाददाता
भाद्र १५, २०७३
क्षमता नचिन्ने : रामायणको हनुमान जस्तै छ, आफ्नो क्षमता नचिन्ने अरूले बताउनुपर्ने । असाध्यै सिर्जनशील छ, तर उसले आफैं त्यसलाई वास्ता गरिरहेको छैन ।
बिहानभरि सुत्ने : अल्छी नै भनिहाल्न मिल्दैन, तर बिहान आठ–नौ बजेसम्म सुत्छ ।
व्यायाम गर्दैन : बिहानै उठेर व्यायाम गर्ने वा मर्निङ वाक जानु कुमारको शब्दकोषमा छैन ।
फुर्किने : कसैले फुक्र्यायो भने झट्टै फुर्किहाल्ने । पछि ऊबाट घात भएपछि निराश हुने ।
हचुवा निर्णय : कसैले केही प्रस्ताव राख्यो भने ‘हो, ल ल’ भनेर हचुवाको भरमा निर्णय गरिहाल्ने ।
पेटको रोगी : म जस्तै पेटको रोगी हो, मैले जस्तै स्वास्थ्यको ख्याल गर्दैन ।