साप्ताहिक संवाददाता
भाद्र १६, २०७३
गायिका कला पंगेनीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आफ्नो आठौं तीज गीत लिएर आएकी छन् ।
यसपालीको तीजमा ‘तारा मै जस्तो होलाकी संसार’ भन्ने गीतलाई पंगेनीले पुरानो भाकामा स्वरवद्ध गरेकी छिन् । तीजमा गाईने पुरानो भाकालाई परिमार्जन नगरी जस्ताको त्यस्तै रेकर्ड गर्ने प्रयास गरेको बताउदै शब्दमा भने नयाँपन भेटीन्छ ।
बिन्दवासीनी म्युजीक मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोमा गायिका पंगेनी आफैले नृत्य प्रस्तुत गरेकी छन । दुर्गा पंगेनीको शब्द र संगित रहेको उक्त गीतको छायाँकन राजेश घिमिरेले र निर्देशन कपिल लामाले गरेका छन् ।
तारा मै जस्तोको म्युजिक भिडियो