साप्ताहिक संवाददाता
‘गैंडा’ उपनामबाट परिचित कलाकार निर्मल शर्माले निर्देशन गरेको दोस्रो चलचित्र ‘ब्रासलेट’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । चलचित्र ‘ब्रासलेट’ बाट कुनै बेलाका व्यस्त नायक रमेश उप्रेतीको पुनरागमन हुँदैछ ।
स्थापित निर्माता तथा कलाकार केशव भट्टराईले निर्माण गरेको चलचित्र ‘ब्रासलेट’मा प्रेम र बाध्यतामा चलचित्रको कथा अघि बढेको छ । यो चलचित्रमा रमेश र रजनीका साथ नम्रता सापकोटा तथा नयाँ नायक सुगम गुरागाईंको जोडी देख्न सकिन्छ । चलचित्रकी नायिका रजनी केसीकै अर्को चलचित्र ‘लालजोडी’ पनि आजै प्रदर्शनमा आउँदैछ ।
लालजोडीमा उनी प्रेमिकाको भूमिकामा छिन् भने चलचित्र ‘ब्रासलेट’मा उनलाई गृहणीको भूमिकामा देख्न सकिन्छ । रमेश उप्रेतीको धेरै पछिको आगमनलाई दर्शकले कसरी लिने हुन् भन्ने कुराको निर्णय पनि चलचित्र ‘ब्रासलेट’ले नै गर्नेछ ।
निर्देशक : निर्मल शर्मा
संगीत : ताराप्रकाश लिम्बू र दीपक शर्मा
कलाकार : रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा, सुगम गुरागाईं आदि ।
चलचित्र ‘ब्रासलेट’ को अफिसियल ट्रेलर