मेष
परिस्थितिमुताविक चल्न नसक्दा अरूको मुख ताक्नुपर्ने हुन सक्छ । आफ्नो डाहा गर्नेहरूले फाइदा उठाउन सक्छन् । मंगलबारदेखि मित्रहरूको सहयोग एवं विद्वान्हरूको सद्भाव प्राप्त हुनेछ । जीवनशैलीमा परिर्वतन ल्याउन मेहनतको आवश्यकता छ । साझेदारीमा सञ्चालित व्यवसायबाट पनि लाभ हुनेछ ।
वृष
विद्यार्थी वर्गका लागि उपलब्धिमूलक समय छ । तर्कशक्तिको बलले उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । सोचेजस्तो रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानमा स्तानान्तरण हुनसक्छ । विदेश भ्रमणका लागि समयअनुकूल देखिन्छ । सेतो रंग प्रयोग गर्दा विशेष फाइदा हुनेछ ।
मिथुन
आफ्नो प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक ख्याति बढ्नेछ । हतारमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । भाग्यले मन मिल्ने पात्र जुराउन सक्छ । उच्च तहका बौद्धिक व्यक्तित्वहरूबाट सहयोग प्राप्त हुनेछ, जसका निम्ति केही दैडधूप भने गर्नुपर्ने हुन्छ ।
कर्कट
अभिभावकहरूले आफ्नो कार्यक्षमताको खुलेर समर्थन गर्ने देखिँदैन । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त होला । कार्यक्षेत्रका अवरोधहरू क्रमश: हट्दै जानेछन् । झूटा आरोप लाग्ने सम्भावना छ । कम बोल्नु नै आफ्नो हितमा हुनेछ । साताको अन्त्यमा नजिकका नातेदारहरूबाट अपजस आइलाग्न सक्छ ।
सिंह
स्वास्थ्यले त्यति साथ नदिन सक्छ । बाहिरी खानपानबाट टाढा रहँदै सकेसम्म ताता वस्तु प्रयोग गर्ने प्रयत्न गर्नुहोला । सरोकार नभएको विषयले फजुल खर्च बढाउनेछ । रातो रंगको प्रयोगले अभीष्ट पूरा गर्न सहयोग गर्नेछ । राम्रो काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या
विश्वासपात्रले वचन फेरबदल गर्न खोज्दा मानसिक तनाव उत्पन्न हुनेछ । अभिभावकको मध्यस्थतामा खलबलिएको सम्बन्ध पुन: विश्वासमा परिणत हुनेछ । गोपनियता तथा होसियारीमा ध्यान दिनुहोला । पर्याप्त विचार नपुर्याइ काममा संलग्न हुँदा नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । साताको उत्तराद्र्धमा समय अनुकूल रहनेछ ।
तुला
मन पर्ने व्यक्तिहरूसँगको भेटघाटले सातालाई उत्साहप्रद बनाउनेछ । पारिवारिक जमघटमा तपाईंको मांगलिक कार्य सम्पन्न गर्ने विषयमा छलफल हुनसक्छ । सेवामूलक काम गरेर नाम, दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खानपानको निम्तोमा संलग्न हँुदा स्वास्थ्यको ख्याल गर्नु होला ।
वृश्चिक
साथीभाइसँग खानपानमा सहभागी हुँदा सावधानी अपनाउनुहोला । काममा सफलता प्राप्त भै धनआर्जन गर्न सकिनेछ । सोचेजस्तो आम्दानी हात पर्दा अभिभावकहरू दंग पर्नेछन् । जोडी नम्बर तथा सुनौलो रंग प्रयोग गर्न सके कार्य सम्पन्न गर्न थप सहज हुनेछ ।
धनु
पहेंलो रंगको पहिरनमा मठ–मन्दिर परिक्रमा गर्दा विशेष फाइदा हुनेछ । भ्रमणको सम्भावना टरेको छैन । खानपानमा फेरबदल भै शरीरिक दुर्बलता देखा पर्न सक्छ । परिवारमा अन्योल उत्पन्न हुँदा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ ।
मकर
सामान्य मनमुटावमै टाढि…एका प्रेम–प्रेमिकाबीचको सम्बन्ध विश्वासमा परिणत हुनेछ । आकस्मिक यात्रासमेत हुनसक्छ । तपार्इंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा प्राप्त गर्नेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।
कुम्भ
झन्झटिला कार्य आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक अभ्यासले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्याउनेछ । ठूलाबडाको झूटो आश्वासनमा पर्दा आर्थिक क्षति बेहोर्नुपर्ने हुनसक्छ । मन पराउनेहरूको प्रस्तावमा सोचेर निर्णय लिनुहोला । साताको अन्त्यमा भने घरायसी व्यवहारमा समय खर्चनुपर्नेछ ।
मीन
व्यवसायिक फड्को मार्ने क्रममा रिस गर्नेहरू छटपटाउन सक्छन् । तपाईंले अपेक्षा गरेको सहयोग मित्रवर्गबाट सहजै प्राप्त हुनेछ । प्रेमिका प्रेरणाकी स्रोत साबित हुन् सक्छिन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । बाहिरी खानपानमा सहभागी हँुदा स्वास्थ्यको ख्याल राख्नु पर्नेछ ।