साप्ताहिक संवाददाता
भाद्र १७, २०७३
नूतन–२
गीतकार नूतन भुसालले रचना गरेका आधुनिक गीतहरूको एल्बम ‘नूतन–२’ काठमाडौंमा सार्वजनिक भएको छ, जसमा गायिका जूना प्रसाईंको स्वर, दीपक शर्माको संगीत तथा उदयराज पौडेलको संगीत संयोजनका पाँचवटा गीत सुन्न सकिन्छ ।
मेरो भाव
गायिका मालती राई चाम्लिङले गाएका आधुनिक गीतहरूको एल्बम ‘मेरो भाव’ सार्वजनिक गरिएको छ, जसमा राकेश राई, मनोज सामसुङ, डाक्टर किराँत तथा निराश मगरद्वारा संगीतबद्ध ६ वटा गीत समावेश छन् ।
कति राम्रो र झक्को
गायिका अप्सरा काप्री शाक्यले गाएका दुई भिन्न एल्बम ‘कति राम्रो’ तथा ‘झल्को’ एउटै समारोहमा सार्वजनिक गरिएको छ । कति राम्रो एल्बममा लोकगीतहरू संकलित छन् भने झल्कोमा तीज गीत सुन्न सकिन्छ ।