मोडल निर्देशक शंकर बिसीले यो वर्ष रेकर्ड नै राख्ने गरी ६९ वटा तीज गीतका भिडियो निर्देशन गरे, जसमध्ये करिब ५५ वटा भिडियोमा उनी आफैं मोडल थिए । शंकर लोकदोहोरी एवं तीज गीतका सन्दर्भमा पायोनियर सर्जकका रूपमा परिचित छन् ।
हालसम्म २ हजारभन्दा बढी गीतको भिडियोमा निर्देशन एवं मोडलिङ गरिसकेका शंकर आफ्नो कामलाई विश्व रेकर्डका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन चाहन्छन् । तीज गीत र यसका भिडियोलाई नजिकबाट नियालेका शंकरले यो वर्ष सार्वजनिक भएका सिर्जनाहरूको मूल्यांकन कसरी गरेका छन् त ?
तीजका उत्कृष्ट १२ गीत
गीत : लास्टै चोटि हो...
गायिका/गायक : कोमल वली/पशुपति शर्मा
निर्देशक : बब्बु थापा
शब्द : पशुपति शर्मा
किन उत्कृष्ट :
कोमल दिदीको वास्तविक जीवनसँग मेल खाने शब्द भएकाले, सुन्दा रमाइलो लाग्छ, शब्द मीठो छ, सुहाउँदिलो छ, पशुपतिले दिदी भनेर दिएको सल्लाह पनि राम्रो छ ।
गीत : पंखा चलाइदेऊ
गायिका/गायक : रमिला न्यौपाने
खुमन अधिकारी
निर्देशक : शंकर बिसी, शब्द : बाबुराम बोहोरा
किन उत्कृष्ट :
मुलुकको वर्तमान अवस्थाप्रति सुहाउँदो पारामा व्यंग्य गरिएको छ । लोडसेडिङको पीडा चित्रण भएको छ । छोटो समयमै धेरै दर्शकले रुचाएको गीत ।
गीत : माइतीको देश
गायिकाहरू : देवी घर्ती/टीका पुन
निर्देशक : शंकर बिसी
शब्द : हरि विष्ट
किन उत्कृष्ट :
यो तीजको सन्दर्भसँग मिल्दो चेलिको वह पोखिएको गीत हो । माइती सम्झिएर गाइएको यो गीत टिपिकल हुनुका साथै झ्याउरे भाकामा भएकाले राम्रो छ ।
गीत : दुम्सी काँडे जुँगाको
गयिका : ज्योति मगर
निर्देशक : शंकर बिसी
शब्द : एकनारायण भण्डारी
किन उत्कृष्ट :
रक्सी पिउने, सुत्ने बेलामा सुर्ती सेवन गर्ने श्रीमान् घिन लागेको वह पोखिएको छ ।
गीत : नेपालको छोरो
गायिका : निशा सुनार
निर्देशक : शंकर बिसी
शब्द : डिबी खड्का
किन उत्कृष्ट :
अहिलेको समाजलाई प्रतिविम्वित गर्ने राष्ट्रिय भावनाको गीत भएकाले ।
गीत : माइतीले नौगेडी लाइदिए
गायिका/गायक : देवी घर्ती/राजु ढकाल
निर्देशक : शंकर बिसी
शब्द : एकनारायण भण्डारी
किन उत्कृष्ट :
श्रीमान्/श्रीमतीको घरभित्रको कथा उधिनिएको छ । माइतीले दिएको नौगेडी श्रीमान्ले बेचेर खाइदिएको कथा छ । यो पनि टिपिकल तीज गीत हो ।
गीत : खै त बाबा बुझेको कुरा बरिलै
गायिका : मन्जु पौडेल
निर्देशक : प्रकाश भट्ट
शब्द : एकनारायण भण्डारी
किन उत्कृष्ट :
माइतीसँग विरह पोखेको राम्रो गीत । शब्द तथा संगीत राम्रो छ । यो टिपिकल तीज गीत हो । यसमा छोरीले बाबालाई कति प्रिय मान्छन् भन्ने भाव समेटिएको छ ।
गीत : नरिसाऊ न कान्छु
गायिका/गायक : भूमिका गिरी/भागिरथ चलाउने
निर्देशक : शंकर बिसी
शब्द : भागिरथ चलाउने
किन उत्कृष्ट :
मेलोडी साह्रै नै मिठो छ, राम्री बन्न श्रीमान्सँग श्रीमतीले गरेको अनुरोध सान्दर्भिक लाग्छ । ब्युटिपार्लर जान कन्भिन्स गराएको मन पर्यो । अहिलेको समाज सुहाउँदो ।
गीत : मगर्नीका रोटी
गायिका/गायक : पशुपति शर्मा/
जानकी तारामी मगर, निर्देशक : प्रकाश भट्ट
शब्द : पशुपति शर्मा
किन उत्कृष्ट :
जातीय सद्भावको गीत भएकाले मन पर्यो । कुनै पनि मानिस ठूलो–सानो हुँदैन तथा काम पनि सानो ठूलो हुँदैन भन्ने भाव यो गीतमा छ । काम गर्ने मानिस अवश्य सफल हुन्छ भन्ने कुरा यो गीतले अभिव्यक्त गर्छ ।
गीत : बत्ति बाल्नै पर्दैन
गायिका/गायक : सम्झना भण्डारी/पशुपति शर्मा, निर्देशक : प्रकाश भट्ट
शब्द : पशुपति शर्मा
किन उत्कृष्ट :
समसामयिक गीत भएकाले मनपर्यो । युट्युबमा पनि दर्शकले ११ लाख पटक भन्दा बढी हेरिसक्नु भएको छ ।
गीत : पातलो जीउ
गायिका : सरिता कार्की
निर्देशक : शंकर बिसी
शब्द : एकनारायण भण्डारी
किन उत्कृष्ट :
श्रीमान्लाई पातलो ज्यान भएकी श्रीमती मन पर्ने भाव छ, युवा पुस्तालाई लक्षित गरेर बनेकाले राम्रो छ । माया प्रेममा फसेकाहरूलाई मनपर्ने गीत ।
गीत : बाध्यता हो
गायिका : शोभा त्रिपाठी
निर्देशक : शंकर बिसी
शब्द : सुरेश शाही
किन उत्कृष्ट :
मैले काम गरेका तीजका म्युजिक भिडियोहरूमध्ये राम्रो । समसामयिक तीज गीत, जसलाई दर्शक–श्रोताहरूले समेत मन पराउनुभएको छ ।