साप्ताहिक संवाददाता
भाद्र १७, २०७३
बनारस हिन्दू विश्वविद्यालयबाट कलामा स्नातक कलाकार श्रवणकुमार महर्जनले बनाएका भ्यागुताको आकृतिका स–साना मूर्ति आइतबारदेखि बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शन हुँदैछ । मानिसहरूको शारीरिक बनावटसँग मिल्दो गरी कलाकार महर्जनले बनाएका भ्यागुताका मूर्तिहरूको यो प्रदर्शनी भदौ २६ गतेसम्म चल्नेछ ।