साप्ताहिक संवाददाता
राजेश हमालले नारी चरित्र निर्वाह गरेको चलचित्र ‘शकुन्तला’ गत शुक्रबारनै प्रदर्शनमा आएको छ । एउटी सुन्दरीले उक्त चलचित्रमा हमाललाई सेक्सी देखाउन आफूले प्रसस्त मेहनत गरेको खुलाशा गरेकी छिन् । उनी हुन् मोडल तथा फेसन डिजाइनर नम्रता योगी ।
नम्रताले ‘शकुन्तला’ मा हमालले नारी पात्रका रूपमा लगाउने ड्रेस डिजाइन गर्दै उनलाई सकेसम्म सेक्सी बनाउने जिम्मेवारी बहन गरेकी थिइन् । संयोग कस्तो छ भने यतिबेला तिनै नम्रता एउटा नयाँ चलचित्रमा आफैं पनि सेक्सी भूमिकामा प्रस्तुत हुने भएकी छिन् । उमाबेबीले निर्माण गर्न लागेको शीर्षक राख्न बाँकी रहेको चलचित्रमा आफू सेक्सी तथा बोल्ड भूमिकामा प्रस्तुत हुन लागेको नम्रताको दाबी छ ।
थुप्रै विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी नम्रता आगामी दिनमा डिजाइनरका रूपमा अघि बढ्ने हुन् अथवा नायिकाको भूमिकामा, समयले नै बताउँदै जानेछ ।