साप्ताहिक संवाददाता
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवौं नेफ्टा एवार्डको आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले एवार्डको आधिकारिक लोगो सार्वजनिक गरेका हुन् । यसपटकको नेफ्टा एवार्ड आगामी पुस ८ गते (डिसेम्बर २३) दुबईमा सम्पन्न हुनेछ । यसअघि यो एवार्ड मलेसिया, हङकङ तथा कतारमा आयोजना भैसकेको छ ।
पत्रकार सम्मेलनमा नेफ्टाका अध्यक्ष पुष्कर लामाले दुबई नेपाली चलचित्रको ठूलो बजारको रुपमा बिस्तार हुन सक्ने सम्भावनालाई मनन गर्दै यसपटकका एवार्ड दुबईमा आयोजना गर्न लागिएको जानकारी गराए ।
एवार्ड समारोहमा सहभागिता जनाउनका लागि चलचित्रका कलाकार, निर्माता, पत्रकारसहित करिव एक सय जनाको समुह दुबई पुग्नेछ । एवार्डका लागि नेफ्टाले यसपटक स्पेक्ट्रम एड्भरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट तथा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनिसंग सहकार्य गरेको छ ।
यसपटकको एवार्डमा कुल २८ विधामा एवार्ड वितरण गरिने छ ।