साप्ताहिक संवाददाता
भाद्र २१, २०७३
युएसबी लाइट विशेष गरी अँध्यारोमा ल्यापटप प्रयोग गर्दा वा स्मार्टफोन प्रयोग गर्दा चलाइन्छ । यो युएसबी पोर्ट तथा ओटिजी पोर्टबाट चार्ज हुन्छ । नेपाली बजारमा विभिन्न डिजाइन एवं साइजका युएसबी लाइट उपलब्ध छन्, जसको मूल्य १ सय रुपैयाँबाट सुरु हुन्छ ।
गर्मीका बेला स्मार्टफोन, पावर ब्यांक, ल्यापटप आदि पावर डिभाइसमा जोडेर पंखा चलाउन सकिने डिभाइस युएसबी फ्यान हो । यो निकै सानो हुन्छ र एक जनाले मात्र प्रयोग गर्न मिल्ने खालको हुन्छ ।