भाद्र २२, २०७३
पहिलो हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६ मा सुमन गुरुङ् बिजेता बनेका छन् ।
जोर्डन केसी सिटी स्नुकर हाउसमा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीहरुलाई पछि पार्दै सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर राना क्रमश: पहिलो दोश्रो तेश्रो बनेका हुन् ।
स्पोर्ट क्लव हङकङले आयोजना गरेको स्नुकर प्रतियोगिता हङकङमा पहिलो पटक आयोजक गरिएको ओम गुरुङ् बताउँछन् । खर्चिलो खेल मानिने स्नुकरको विकासका लागि प्रत्येक बर्ष यो प्रतियोगिता आयोजन गर्ने गुरुङले बताए ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुने खेलाडीलाई क्रमश: ५ हजार, २ हजार र १ हजार डलरका साथै ट्रफी वितरण गरिएको थियो ।