साप्ताहिक संवाददाता
भाद्र २३, २०७३
पोखरास्थित दौंतरी दोहोरी साँझमा भोली शुक्रबार गायक पशुपति शर्मा प्रस्तुत हुँदैछन् । उक्त दोहोरी साँझको १६ औं वार्षिकोत्सवका अवसरमा भदौ २१ गते प्रारम्भ भएर शनिबार २५ गतेसम्म चल्ने छ । उक्त विशेष कार्यक्रममा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, शर्मिला गुरुङ, कुमार पुन, प्रीति आलेमगर, तारापति सुवेदी, जीवन दाहाल, शंकरविरही गुरुङ, माया गुरुङ, चन्द्रा कार्की आदिले समेत प्रस्तुति दिइरहेका छन् ।