साप्ताहिक संवाददाता
एक भव्य समारोहबीच पहिलो पटक आयोजित एलजी फिल्म एवार्ड सम्पन्न भएको छ । भारतीय अभिनेता शत्रुघ्न सिन्हाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त एवार्डमा सिन्हाको बायोग्राफी लिखित पुस्तक ‘एनिथिङ बट खामोश’ को विमोचन पनि गरिएको थियो ।
गीत, संगीत, नृत्य एवं हास्यसहितको समारोहको थालनीमा चलचित्रका पुराना कलाकारहरूले पुरानै चलचित्रका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । शिव श्रेष्ठ, रवीन्द्र खड्का, रुबी राणा, सुष्मा कार्की, सुरज प्रजापति, गोविन्द राई, सम्पदा बानियाँ, भीम राना आदि कलाकारले गरेको नृत्यले दर्शकहरूको मन जितेको थियो ।
समारोहमा चलचित्र क्षेत्रका पुराना कला निर्देशक उद्धवराज भट्टराई (जुँगे) लाई नगद ५० हजार रुपैयाँसहितको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरियो भने नायिका करिश्मा मानन्धरलाई दशककी नायिकाका रूपमा सम्मान गरियो ।
उपराष्ट्रपति नन्दकिशोर पुनको सभापतित्वमा सम्पन्न समारोहमा गायक राजेशपायल राई तथा गायिका इन्दिरा जोशीको गायन आकर्षक रह्यो । जादुगर महादेव त्रिपाठीको जादुसहितको हास्य प्रस्तुतिले पनि दर्शकहरूलाई हँसाएको थियो ।
एवार्ड विजेतालाई पुरस्कृत गर्न समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई मञ्चमा बोलाइएको थियो ।
एलजी फिल्म एवार्डका सर्वोत्कृष्टहरू :
सर्वोत्कृष्ट पोस्टर : सुन्दर श्रेष्ठ–वडा नम्बर ६
सर्वोत्कृष्ट ट्रेलर : साहिल खान–भैरव
सर्वोत्कृष्ट स्टन्ट : सिम्पसन तामाङ–भैरव
सर्वोत्कृष्ट भिएफएक्स : अक्की शर्मा/सत्यम राना–च्याम्पियन
सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने–पशुपतिप्रसाद
सर्वोत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल–क्लासिक
सर्वोत्कृष्ट कलरिस्ट : अनन्त घिमिरे–क्लासिक
सर्वोत्कृष्ट ब्याकग्राउन्ड संगीत : एलिस कार्की– प्रेमगीत
सर्वोत्कृष्ट संगीत : अर्जुन पोखरेल–प्रेमगीत
सर्वोत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान/सञ्जय लामा–ड्रिम्स
सर्वोत्कृष्ट एक्सन : हिमाल केसी–भैरव
सर्वोत्कृष्ट कोरियोग्राफर : रेनेशा राई–प्रेमगीत
सर्वोत्कृष्ट नायक : दयाहाङ राई–कबड्डी–कबड्डी
सर्वोत्कृष्ट नायिका : नम्रता श्रेष्ठ–क्लासिक
सर्वोत्कृष्ट जोडी : प्रदीप खड्का र पूजा शर्मा–प्रेमगीत
सर्वोत्कृष्ट गीत : सुर्केथैली खै–वडा नम्बर ६
पपुलर अभिनेता : अनमोल केसी
पपुलर अभिनेत्री : रेखा थापा
सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के खनाल–पशुपतिप्रसाद
सर्वोत्कृष्ट चलचित्र : पशुपतिप्रसाद